Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाद मिलेको भनिएपनि अझै अन्योलमा नेवि संघ कार्यकर्ता

NSU Mahadhiwesan (1)

काठमाण्डौ, २६ साउन । अहिलेसम्म सक्किनुपर्ने नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्याए भनिएपनि अझै पनि अन्योलता कायमै रहेको छ । प्रतिनिधि विवाद टुंगो लागेपनि महाधिवेशन प्रक्रिया सहज रुपले अगाडि बढ्ने हो कि होइन, यो अहिले सबैको चासोको विषय बनेको छ ।

सुनसरी कार्यवाहक सभापति वसिम अख्तरले भने, “खोइ बन्दसत्रको टुंगो लागेको भनिएको छ, तर पनि चुनाव सहि ढंगले हुने हो कि होइन, अझै अन्यौल नै छ । ’  केही सहभागीका अनुसार अहिले प्रतिनिधिको विवाद मिल्यो भन्ने सुनिएको छ । तर बन्दसत्र कतिबेला सुरु हुन्छ त्यसको केही जानकारी भने भएको छैन ।

हिजोसम्म बिहानको चिया कुपन पाइएको भएपनि आजबाट त्यो नपाइएको केवल खानाको कुपन मात्र पाएको केहीको गुनासो छ ।  ‘यो सबै कार्यकर्तालाई भगाउने काम गर्न खोजिएको हो भन्छन् । “पहिलो प्रतिनिधि नामावली तयार हुनुपर्यो, परिचयपत्र बन्नु पर्यो, अनि पो सुरु हुन्छ त बन्दसत्र”, उनले भने ।

अहिले भृकुटिमण्डपमा बन्द सत्र सुरु गर्ने भनेर सबै व्यवस्था भने मिलाइएको देखिन्छ । प्रतिनिधिलाई भित्र प्रवेश रोक लगाइएको छ । केवल प्रचारका व्यानर मात्र त्यहाँ देखिन्छन् ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्