Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी अर्को हेलिकीटर दुर्घटना हुनबाट जोगियो, आकस्मिक अवतरण

Helicopter

पर्वत २६ सायन । बुधवार फेरी अर्को हेलिकीटर दुर्घटना हुनबाट जोगिएको छ । मौसम खरावीका कारण मुस्ताङबाट पोखरा उडेका दुई हेलिकप्टर पर्वत सदरमुकाम कुश्मा बजारमा आकस्मिक अवतरण गरिएको हो । हिमालपारिको जिल्ला मुस्ताङको लेतेबाट पोखरातर्फ फर्कदै गरेका मनाङ एयरका दुई हेलिकोप्टर बुधबार दिउँसो आकस्मिक अवतरण भएका हुन् ।

पर्वतको सदरमुकाम कुश्माबजार स्थित शसस्त्र प्रहरी बलको चण्डिका गणमा रहेको खेल मैदानमा अवतरण गरिएको छ । मनाङ एयरको ९ एन एएलडी र ९ एन एएलसी कल साइन हेलिकोप्टर मौसम खरावीका कारण आकस्मिक अवतरण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइँले बताए । उनका अनुसार वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवतरण गर्नुपरेको हो ।

मौसममा सुधार आएपछि मात्र गन्तव्यतर्फ जाने उनीहरुले बताएका छन् । उनिहरुको अर्को उडान पुन भारतीय पर्यटकलाई लिएर मुस्ताङको लेतेका लागि जाने रहेको पनि बताएका छन् ।  अहिले पर्वत लगायत आसपासका क्षेत्रमा मुसलधारे वर्षा र बाक्लो कुइरो लागिरहेको छ ।

दुवै हेलिकप्टरमा दुई दुई जना नेपाली यात्रु सवार रहेका थिए । भारतीय पर्यटकलाई लेतेमा झारेर पुन अर्को उडान भर्नका लागि पोखरा आउँदै गर्दा एक्कासी मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिए । सुरक्षाको दृष्टिले समेत उपयुक्त ठानेर पर्वत सदरमुकाम कुश्माबजारमा अवतरण गरिएको हो ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्