Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने–सरकार-मोर्चा नडराए हुन्छ,संसोधनमा हामि सहयोग गर्न तयार छौं

Uml News

काठमाडौं, २६ साउन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशी जनताको माग सम्बोधनका लागि सरकारले सविधान संसोधन प्रस्ताव तयार पारे त्यसमा सहयोग गर्न एमाले तयार रहेको बताएका छन ।

प्रेस चौतारी नेपालले एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले भने ‘मलाई मधेश विरोधी बनाइएको छ, तर म मधेशविरोधी होइन कसैको त लभ नै परयाहोला मेरो त घरै मधेश हो’ त्यसैले यदि उहाँहरुकै भनाईमा मधेशको माग पुरा गर्न अझै बाकि नै छ भने त्यो संसधन प्रस्ताव सरकारले ल्याओस हामि सहयोग गर्न तयार छौं ।’

कार्यक्रममा पत्रकार वीरेन्द्र केएमले सोधेको प्रशनको जवाफ दिदै ओलीले यस्तो बताएका हुन ७ मिनेटसम्म जवाफदिदै ओलीले भने अहिलेको सरकारले अधुरै क्यामिनेटबाट जति निर्णय गरेका छन मधेशबारे ति सबै निर्णयहरु यसअघि नै भइसकेको छ, कुनै नयाँ कुरा छैन तर फेरी संसोधनको जुन बिषय छ त्यो सरकार मोर्चाले ल्याओस हामि सहयोग गछौं’

ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनतको पक्षमा गरेको काम सहन नसक्नेहरुले अनावश्यक आरोप लगाएको बताएका छन् । कांग्रेस–माओवादीको सत्ता साझेदार र संघीय गठबन्धनबीच संविधान संशोधनका लागि सबै पक्षलाई मनाउने सहमति भएको बेला एमाले अध्यक्ष केपी ओलीले भने औचित्यको आधारमा मात्र संविधान संशोधन हुने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई उनीहरुको माग संविधान संशोधनमार्फत पुरा गर्ने सहमति गरेका छन् । उक्त सहमति पछि प्रधानमन्त्रीमा गठबन्धनले दाहालको पक्षमा मतदान गरेको थियो ।

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी एमालेको समेत सहमतिको आवश्यकता पर्दछ । ओली नेतृत्वको सरकारसंग पनि पहिले मधेसी मोर्चा र पछि संघीय गठबन्धनको तर्फबाट संविधान संशोधन गरेर प्रदेशहरुको सिमांकनलाई फेर्न माग गरेको थियो । ओलीले कसैलाई भोट हालेको वा कसैलाई भोट नहालेको विषयलाई लिएर पूर्वाग्रह भने नराखिने बताए । संविधानको संशोधन कस्ले कस्लाई भोट हाल्यो भनेर होइन, औचित्यका आधारमा हुन्छु उनले थपे ।

हालै प्रधानमन्त्री दाहालले ओलीले ठूला ठूला सपना देखाएको तर, त्यसलाई पुरा गर्ने योजना र स्रोत भने परिचालन नगरेको भन्ने विषयको पनि प्रतिवाद गरेका छन् । ‘मलाई विनम्रताका साथ सोधियो वा लिखित निवेदन दियो भने म स्रोत देखाइ दिन्छु’ उनले भने ।

कार्यक्रममा ओलीले बर्तमान सरकार आधारहिन आरोप लगाएर आफ्नो र पार्टीको बद्नाम गर्न खोजिएको भन्दै आक्रोश समेत पोखेका थिए । आफ्नो नेतृत्वको सरकारले कहिँकतै खोट लाउने काम नगरेको दाबी गर्दै ओलीले आलोचना गर्ने ठाउँ नपाएपछि बालुवाटारमा कुचो र नाङ्लो लेर गएको भन्ने आधारहिन आरोप लगाएको बताए ।

‘केपी ओलीलाई बद्नाम गर्ने षड्यन्त्र भएको छ’, उनले भने , ‘यो ओलीको लोकप्रियता घटाउने खेल हो । ओलीको बद्नाम गर्न खोजिनु भनेको सिंगो एमालेलाई बद्नाम गर्न खोजिनु हो ।’ उनले बालुवाटारबाट भँडाकुँडा हराएको भन्ने प्रसंगबारे अगाडि भने–प्रधानमन्त्रीले सपथग्रहण गर्नु अघि नै वालुवाटार छोडेको हुँ ।

सबै सामानहरू जिम्मा लगाएर मात्रै छोडेको छु ।’ ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार म्यादी सरकार भएको टिप्पणी गर्दै प्रचण्ड सरकारबाट कुनै नयाँ आशा गर्न नसकिने बताएका छन् ।  उनले सरकार बन्नुअघि नै ९ महिनाको लागि प्रचण्डले ल्याप्चे ठोकेकाले सरकारबाट केहि आशा गर्न नसकिने भन्दै कांग्रेससँग मिलेर सरकार चलेको भएपनि रिमोट भने अन्तैबाट सञ्चालित भएको समेत दाबी गरे ।

ओलीले कांग्रेस–माओवादी गठनबन्धन तोकिएको मितिमा निर्वाचन नगराएर मुलुकमा राजनीति तथा संवैधानिक रिक्तताको स्थितिमा पुर्याउने योजनामा रहेको बताए । उनले विगतमा प्रधानन्यायाधीशको सरकार बनाएजस्तै गरी मुलुकलाई राजनीतिक र संवैधानिक रिक्ततामा पुर्याउने षड्यन्त्रमा दुई दल लागेकोे आरोप लगाए ।

मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा ओलीले कांग्रेस–माओवादी गठबन्धन र मधेसी मोर्चाबीच भएको सहमतिले मुलुकमा संवैधानिक रिक्तता उत्पन्न हुने दाबी गरे। ‘अहिले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न गर्ने गरी सम्झौता भएका छन्,’ उनले भने,‘विगतमा पनि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था निम्त्याइएको थियो। अहिले पनि  त्यस्तै खेल भइरहेका छन ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्