Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीको सपथ लिन तयार रहेका यी हुन् माओवादी नेताहरु

Ram karki News

काठमाण्डौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंग्याएसंगै दाहालले मन्त्रिपरिषद विस्तार तयार गरेका हुन् ।

माओवादीले आफूले पाएका आठ मध्ये सबै मन्त्रालयको मन्त्री छानेको छ । जसअनुसार राम कार्की सूचना तथा सञ्चार मन्त्री हुँदै सरकारको प्रवक्ता बन्ने भएका छन् । त्यस्तै डिआर पौडेललाई शिक्षा मन्त्री बनाइने भएको छ ।

गहृमन्त्रीको आकांक्षी भएपनि गृह कांग्रेसको भागमा परेपछि जनार्दन शर्माले रोजेर मन्त्रालय पाउने भएका छन् । उनी ऊर्जामन्त्री बन्नसक्ने सम्भावना छ ।

संसदको अन्तर्राष्ट्रिय समितिको सभापति रहेका प्रभु शाहले कानुन मन्त्रालयको जिम्मेवारी पाउन सक्ने बताइएको छ । प्रमुख सचेतक रहेका हितराज पाण्डेलाई दाहालले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

माओवादीमा महिला तर्फबाट मन्त्री हुने नाम भने टुंगो लागेको छै्रन । यसअघि कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ, दलजित श्रीपाली युवा तथा खेलकुद एवं जयशंकर चौधरी कृषिमन्त्री भइसकेका छन् ।

माओवादीले मन्त्रिपरिषदले पूर्णता पाएपछि आफूले पाएका मन्त्रालयमा राज्यमन्त्रीहरु थप्ने योजनासमेत बनाएको छ । एक माओवादी नेताका अनुसार पार्टी हेडक्वार्टरले नाम अनुमोदन गरेपछि प्रस्तावित नेताहरुलाई मंगलबार साँझ वा बुधबार पहिलो चरणमै सपथ गराइनेछ ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्