Logo
११ बैशाख २०८१, मंगलबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले भने, ‘कसैलाई आधिकारिक तोकेको छैन,पहिला विवाद टुंग्याउनुस’

Serbahadur Deuwa

काठमाडौं २५ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बिद्यार्थी नेतालाई आधिकारिक्ता नताकिएको बताउदै उत्पन्न प्रतिनिधि विवाद टुग्याउन बिद्यार्थी नेतासग आग्रह गरेका छन । नैनसिंह महरलाई नेविसंघको आधिकारीक उम्मेद्वार बनाएको हल्ला चलेपछि देउवा निवास पुगेका विद्यार्थी नेताहरुसँग सभापति देउवाले ‘त्यसरी कसैलाई आधिकारिकता नदिएको’ स्पष्ट पारेका हुन ।

सोमबार साँझ देउवाले नैनसिंह महरलाई आधिकारिकता दिएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अनर्गल प्रचार गरेको भन्दै नेविसंघका पूर्व–महामन्त्री राजेश ज्ञवालीसहितका विद्यार्थी नेताहरु मंलगबार दिउँसो उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।

विद्यार्थीहरुसँगको भेटमा देउवाले आफूले फलानो भनेर कसैलाई नतोकेको उल्लेख गर्दै आकांक्षीहरुसँग बसेर सल्लाह गरेपछि मात्रै निर्णय लिइने बताए । ‘प्रतिनिधि विवाद टुंगिएपछि मात्र आधिकारिक उम्मेद्वारको बारे डिसीजन गर्छु भन्नुभएको छ’ एक जना विद्यार्थी नेता सरोज न्यौपानेले भने । मंगलबार अशोक वास्ताकोटी, युपीराज आलमलगायतका विद्यार्थी नेताहरु देउवा निवास पुगेका थिए ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्