Logo
८ बैशाख २०८१, शनिबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको समिक्षा, माओवादी बैठकले मन्त्री छान्न सकेनन !

Maiost-meeting

काठमाडौं, २५ साउन । सत्तासिन नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल पूर्ण नहुँदै आफनै सरकारको समिक्षा गरेको छ । मन्त्री छान्न मेन एजेण्डा सहित मगलवार बसेको माओवादी केन्द्रको बैठकले अन्तत मन्त्री बनाउनेहरुको सुचि बनाउन सकेनन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ठोस निर्णय बिना टुंगिएको हो । मंगलबार दिउँसो बसेको पार्टी हेडक्वार्टरको बैकठले मन्त्रीको नाम टुंगो लगाउन नसकेपनि सरकारको ६ दिनको कामको समिक्षा गर्दे बैठक स्थगन गरिएको थियो ।

बैठकमा सहभागी नेताहरुले दुई–दुई मिनेटमा सरकारको समिक्षा गर्दैै मन्त्रीमण्डलमा समावेशीता अपनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । बैठकले केन्द्रीय सम्मेलन आयोजक समितिको भेला भदौ १० देखि १५ गतेभित्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको प्रधानमन्त्रीका सल्लाहकार चन्द्रप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्