Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ वर्षको अनसन तोड्नेले भनिन्–मुख्यमन्त्री भएर आफ्नो माग आफैं पुरा गर्छु !

Irom-Sharmila

मणिपुर, एजेन्सी  । इरोम चानु शर्मिलाले आज १६ वर्ष पछि अनशन तोडेकी छिन ।  ४४ वर्षीया अधिकारवादी महिलालाई भारतको ‘आइरन लेडी’ को संज्ञा विश्वले दिएको छ । राज्यले गरेको दमन विरोधी आन्दोलनका लागि उनी अद्वितिय उदाहरण हुन् । द्वन्द्वमा पिल्सिएको भारतको उत्तर–पूर्वी राज्य मणिपुर निवासी शर्मिलाले आज अदालत समक्ष पेश भएर अनशन तोड्ने जानकारी गराएसँगै उनी प्रहरी हिरासतबाट पनि मुक्त भएकी छिन् । अदालतले उनलाई १० हजार रुपैयाँ धरौटी तोकेको छ । अहिले उनी फेरी न्यायिक हिरासतमा पठाइएका छन् ।

उनले आफू राजनीति गरेर निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने घोषणा गरेकी छिन् ।इरोमलाई अहिलेसम्म जवाहरलाल नेहेरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा राखिँदै नाकबाट छिराइएको पाइप (नासल ट्युब)बाट उनको अनुमति वेगर खुवाउँदै आइएको थियो । कानुनी प्रकृया अनुरुप उनलाई हरेक १५ दिनमा अदालत लगिँदै आइएको थियो । उनले पछिल्लो पेशीमा भने सशस्त्र सुरक्षाकर्मीलाई विशेष सुविधा दिने कानुन विरुद्धको लडाईंमा जित हासिल गर्न फरक बाटो अप्नाउने घोषणा गरेकी थिइन् ।

इरोमले अनशन तोडेर राजनीति गर्ने बताएसँगै उनको कैदी जीवनजदेखी राजनीतिसम्मको संघर्षलाई आङसाङ सुकी र नेल्सन मन्डेलासँग तुलना गर्न थालिएको छ । उनले बेलायती उपनिवेशवाद विरुद्ध भएको ‘भारत छोड’ अन्दोलनको ७० वर्ष गाँठका दिन अनशन तोड्न लागेकी छिन् । जुन आफैंमा एक स्वतन्त्रताका लागि गरिएको संघर्षको दिन सँग मेल खान जान्छ । जसलाई केही विश्लेषकहरुले भारतको प्रजातान्त्रिक अभ्यास माथीबाट इरोमको विश्वस हराएको रुपमा व्याख्या गर्न थालेका छन् ।

irom11-580x395

इरोमले सन् २०००, नोभेम्बरका दिन मणिपुरको इम्पाल बाहिर पर्ने सानो गाउँ मालोममा भएको हत्याकाण्डपछि सुरु गरेकी थिइन् । जहाँ सरकारी अर्धसैनिक बल– आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिसलाई मारेका थिए । त्यसबेला उनले सरकारले सशस्त्र सुरक्षाकर्मीलाई दिएको विशेष अधिकार दिने विवादास्पद कानुनलाई परिवर्तन नगरेसम्म अनशन बस्ने घोषणा गरेकी थिइन् । उक्त कानुनले सैनिकलाई द्वन्द्वरत क्षेत्रमा सुरक्षा दिन नाउमा जस्तो सुकै कारवाही गर्ने अधिकार दिएको छ ।

अहिले इरोमको यो अनपेक्षित निर्णयमा उनको बेलायती मुलको भारतीय प्रेमी देशमोन्ड कुटिन्योको प्रमुख भुमिका रहेको बताइएको छ । इरोमलाई विगत १५ हिरासतमा राखिएको थियो जहाँ उनलाई केही सिमित व्यक्तिसँग मात्र भेटघाट गर्ने अनुमति दिइएको थियो । उनको परिवार तथा उनीसँग निरन्तर सम्पर्कमा रहेकाहरुलाई पनि उनको पछिल्लो निर्णयको बारेमा उनले सार्वजनिक रुपमा भनेपछि मात्रै थाह भएको थियो ।

अहिले मणिपुरको सानो गाउँमा उनले अनसन तोडेको दृश्य कैद गर्नका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीहरुको भिड नै लागेको छ । इरोमका भाई इरोमसिंहजित सिंहका अनुसार उनलाई हाल ६०–७० वटासम्म फोन आउने गरेको छ । ‘मलाई धेरै फोन आउँछ,’ उनले भने, ‘सबै स्टेसनहरु त्यसैका लागि यहाँ आएको बताउँछन् । म कृषक हुँ, मानवअधिकारवादी होइन । शर्मिलालाई नभेटी म केही भन्न सक्ने अवस्थामै छैन ।’ उनको ८४ वर्षीया आमा जसले इरोमलाई अनसन सुरु गरेदेखि भेटेकी छैनन्, अनशन तोड्ने उनको निर्णय सुनेपछि भनिन्, ‘उसलाई मेरो आशिर्वाद छ ।’

शर्मिलाले आफ्नो माग पुरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणा समेत गरेकी छिन् भने उनको आमाले पनि छोरी आफ्नो संघर्षमा सफल नभएसम्म नभेट्ने बताएकी छिन् । त्यसैले इरोमले अनशन तोड्ने स्थानमा उनको आमा नजाने भएकी छिन् । अनसन तोडेर राजनीतिमा प्रवेश गर्ने इरोमको अभिव्यक्तिले मणिपुरको राजनीतिमा तरंग ल्याइदिएको छ भने त्यहाँका विपक्षी पार्टीहरु उनलाई आफ्नो पार्टीमा सामेल गराउने कसरतमा लागेका छन् ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्