Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउने

china-PM-vet

काठमाडौँ, २५ साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउने भएका छन । नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट ग¥यो ।

प्रा जी झेईको नेतृत्वमा आएको सो टोलीले भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ अनुभवको आदानप्रदान तथा सहयोग गर्न, ठूला परियोजनामा सहयोग उपलब्ध गराउन, चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न र यहाँको पर्यटन पूर्वाधार विकासका लागि सघाउन चीन तत्पर रहेको पनि जानकारी दिएको थियो ।

प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत गर्न पाउने अपेक्षा गर्दै यसबाट द्विपक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे । उनले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउनाका साथै दुई ठूला देशसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताएको प्रधानमन्त्रीका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले बताएका छन ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्