Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

chhaka panjaकाठमाडौं । दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जाको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा दिपकराज गिरीलाई लावन्य देशको राजा, शिवहरी पौडेल डिभीप्रसाद, जितु नेपाल बाहुन बाजे, माग्ने बुढा अर्थात केदार घिमिरे कान चोर, बुद्धि तामाङ हैटको परिचयसहित चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा माया पिरतीका कुरा मिसिएको देखन चम्पा, पूर्व पश्चिम रेल जस्तो चर्चित गीत छन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, बुद्धि तामाङ, बसुन्धरा भूसाल लगायतका कलाकारहरुको अभिनय छ ।

छक्का पञ्जा चलचित्र वडा नं ६ को निर्माण टोलीले नै बनाएको हो । चलचित्र हाँस्य कलाकारको निर्माणमा बनेको भएपनि यसमा बेरोजगार युवाहरुको अवस्था र परदेशीको पिडालाई पनि देखाएको छ ।

चलचित्रमा समसामयिक विषयवस्तु, घरमा हुने कलहलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्र भदौ २४ गतेदेखि प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्