Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेबिसंघको महाधिबेसन स्थल भृकुटिमण्डपमा लाठिचार्ज-भिडियो सहित

nebisangh
काठमाण्डौ । नेबिसंघको महाधिबेसन स्थल भृकुटिमण्डपमा प्रहरीले लाठिचार्ज गरेको छ । अध्यक्षका प्रत्यासी कुन्दन काफ्ले समुहको र्यालीलाई भृकुटिमण्डप गेटमा प्रबेश रोक लागे पछि प्रहरी र बिधार्थी बिच झडप हुदाँ प्रहरीले लाठिचार्ज गरेको हो ।

प्रतिनिधि विवादका कारण नेपाल कांग्रेस निकट नेविसंघ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सोमबार नै सुरु हुने भनिएको बन्दसत्र विवादका कारण मंगलबार दुई बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, विवाद नमिलेकाले बन्दसत्र सुरु हुन सकेको छैन ।

नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण एक दिन पछाडि आज अपराह्न २ बजेका लागि निर्धारित नेविसङ्घको बन्दसत्र विवाद टुङ्गिएको छैन ।

सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि अझै बन्द सत्रको टुङ्गो नलाग्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने नहुनेमा अन्योलमा छन् ।

प्रतिनिधि विवादका कारण आज बिहानदेखि गर्ने भनिएको कार्ड वितरण पनि प्रभावित भएको र प्रतिनिधिको विवाद नमिलेसम्म बन्द सत्र हुन नसक्ने नेविसङ्घ कार्यालयका मुख्य सचिव शिव रिमालले जानकारी दिए।

रिमालले आज बन्द सत्र हुने सम्भावना न्यून रहेको बताए ।

भिडियो हेर्नुहोस् :-

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्