Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइराला र केसीलाई मनाउन सभापति शेरबहादुर देउवाको गम्भीर पहल

sekher-koirala-1

काठमाण्डौ, २५ साउन । आफूले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र अर्जुनरसिंह केसीलाई मनाउन सभापति शेरबहादुर देउवाले गम्भीर पहल थालेका छन् । कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थालेका हुन् ।

स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उनलाई सो मन्त्रालय दिन लचक भएका हुन् । देउवाले डा. कोइरालालाई परराष्ट्र मन्त्रालय दिन आफू तयार रहेको सन्देश पनि पठाइसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकै दिन कोइराला परराष्ट्रमन्त्री बन्ने पक्कापक्की थियो। तर सभापति देउवाले परराष्ट्रबाहेक अन्य कुनै मन्त्रालय रोज्न आग्रह गरेपछि उनले आफूले भनेको मन्त्रालय नपाए मन्त्री नै नबन्ने जवाफ फर्काएका थिए ।

यसैगरी गृह नपाएपछि मन्त्री बन्नै अस्वीकार गरेका केसीलाई भेटेरै देउवाले रक्षामन्त्री बन्न आग्रह गरेका छन् । रक्षामन्त्री बन्न केसी सकारात्मक भएको स्रोतको दाबी छ । मन्त्रिपरिषद विस्तारको पहिलो चरणमै केसीको नाम भए पनि असन्तुष्टि जनाउँदै उनी शपथ ग्हण कायृक्रममा गएका थिएनन् । जसका कारण कांग्रेसबाट पहिलो चरणमा दुईजनाले मात्र शपथ लिएका थिए । यो खबर राजधानी दैनिकले लेखेको छ ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्