Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सह–महामन्त्रीमा थपलिया र मुस्लिम कोटामा वसिम अख्तर

NSU Mahadhiwesan  (1)

काठमाण्डौ, २५  साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा दिनेशचन्द्र थपलियाले सह–महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । धादिङ नलाङमा जन्मिएका थपलिया कक्षा –७ मा पढ्दादेखि नै राजनीतिमा होमिएका हुन । राजनितीमा लागेर ५० भन्दा बढि जिल्ला घुमिसकेका थपलियाको राजनीतिक यात्रा भने सुनगाभा स्कुल र तर्केशवर उमावि दुवैबाट इकाई सभापतिबाट भएको थियो ।

Dineshयत्रो वर्षसम्म चुनाव नहुनु भनेको हामी जस्तो कार्यकर्ताको लागि एकदमै दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने, “म रत्न राज्य क्याम्पसको धुलो चाख्दै आएको मान्छे हुँ । त्यसैले एउटा स्वभाविक उम्मेदवार हुँ । भोली मभन्दा राम्रो कोही आउँछ भने उसका लागि म स्वत पछाडि हट्न तयार छु ।”

संघमा यत्रो वर्ष चुनाव हुन नसक्नुको कारण भातृ संगठन पार्टीका निम्ति नेता जन्माउने ल्याब भएर हो भन्ने उनको बुझाइ छ ।

चुुनावको तयारीको लागि बिभिन्न जिल्ला घुमेका थपलियाले आफनो उम्मेदवारी नेवि संघ बचाउन र व्यवसायिक शिक्षा पद्धतिको विकासका लागि रहेको बताए । पत्रकारितामा स्नातोकोत्तर गरेका थपलिया कोइराला परिवारका निकट मानिन्छन् ।

Wasim

यता, मुस्लिम कोटाबाट सुनसरीका वसिम अख्तरले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन । उनी सुनसरी कार्यवहक अध्यक्ष पनि हुन ।

मुस्लिम कोटाबाट निरविरोध हुने भएपछि उनी पदाधिकारीमा अन्यलाई सर्पोट गर्दे केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

उनले भने म पदाधिकारीमा पनि उम्मेदवारी दिने हैसियत राख्छु तर केहि सिनियर साथीहरुको आग्हमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्