Logo
६ बैशाख २०८१, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैकोको शव काठमाडौं ल्याइयो 

Saw News
काठमाडौं,  २४ साउन । गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ । सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो ।

उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो। हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाको थियो ।

मृत्यु हुनेहरुमा हुनेहरुमा हेलिकप्टरका चालक क्याप्टेन रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया आसामी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र गोरखा सिर्दिबास–२ स्थित फ्रेज नेपाल संस्थामा काम गर्ने इटहरी घर हुने २२ वर्षीया निशा तामाङ रहेकाे प्रहरी जानकारी दिएका छन् ।

Fishtail-Air

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्