Logo
२४ असार २०८२, मंगलबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य  !

Govind Aachary

काठमाडौं २४ साउन । प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द अचार्य नियुक्त हुने निश्चित भएको छ । पत्रकार आचार्यलाई प्रेस सल्लाहकारको रुपमा नियुक्त गर्ने निश्चित भएपनि मन्त्रिपरिषद्को बैठकपछि मात्र उनले आधिकारिकता पाउने छन् ।  नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष भएर काम गरिसकेका आचार्यसँग जनादेश दैनिकको सम्पादक भएर लामो समय काम गरेको अनुभव छ । उनले यसअघि न्युनतम पारिश्रमिक निर्धारण समिको संयोजकको भूमिकामा समेत काम गरिसकेका छन् ।

‘उहाँलाई प्रेस सल्लाहकारमा ल्याउने पार्टीको तर्फबाट निर्णय भएको छ’ प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले भने, ‘आजभोलि क्याबिनेट बसेको छैन, क्याविनेट बसेपछि निर्णय हुन्छ ।’ त्यस्तै प्रचण्डको राजनितीक सल्लाहकारमा चन्द्र प्रकाश खनाल ‘बलदेव’ लाई नियुक्त गर्ने निश्चीत भएको प्रधानमन्त्रीको स्वकिय सचिवालय स्रोतले जनाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकपछि खनालले राजनीतिक सल्लाहकारको नियुक्ति पाउने छन् ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्