Logo
७ बैशाख २०८१, शुक्रबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा बम बिस्फोट, ४२ को मृत्यु दर्जनौं घाइते

Pakistan News
पाकिस्तान, बीबीसी ।  पाकिस्तानको दक्षिण–पश्चिममास्थित क्वेटा शहरको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तिमा ४२ जना जनाको मृत्यु भएको छ । यस्तै दर्जनौं मानिस घाइते भएका छन् । अस्पतालको आपत्कालिन विभागको ढोका नजिकै आक्रमण गरिएको थियो ।

उक्त अस्पतालमा केही समय अघि गोली हानी मारिएका वकिल बिलाल अनवर कासीको शव ल्याइँदै थियो । जसका कारण त्यहाँ सयौंको संख्यामा वकिल तथा पत्रकारहरुको उपस्थिती थियो ।  आक्रमणको पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले निन्दा गरेका छन् ।

पाकिस्तानी प्रहरीका अनुसार आक्रमणकारीले गोली चलाउनुका साथै बम बिस्फोट पनि गराएका थिए । बिस्फोटन आत्मघाती थियो वा थिएन भन्ने बारे भने यकिन नभएको बताइएको छ । यसअघि बोलिस्तान बार एसोसियसनका अध्यक्ष कासीलाई अदालत जाने क्रममा गोली हानी हत्या गरिएको थियो ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्