Logo
११ बैशाख २०८१, मंगलबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल गरिदिन आग्रह

Pradip Yadav

वीरगन्ज । मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ । तत्कालीन वीरगन्ज आन्दोलनका जनपरिचालन समितिका संयोजक रहेका प्रदीप यादवले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई आन्दोलनका क्रममा विस्थापित भएकाहरुको विवरण बुझाएका हुन् । मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन् ।

विवरण अनुसार आन्दोलनताका मुद्दामा परेर भारतमा अघोषित शरणार्थी जीवन बिताइरहेका १० जनाको नाम प्रारम्भिक रुपमा मोर्चाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा पठाएको हो । उनीहरुमाथि पर्सा जिल्ला अदालतमा मुद्दा छ । त्यस्तै जिल्ला प्रसाशन कार्यालयमा ४२ जना उपर दर्ता रहेका मुद्दामध्ये आगजनीका ४ जना र सार्वजनिक अपराधका ३५ जनालाई पक्राउ गरी मुद्दा चलेको छ भने ३ जना कार्यालयको रेकर्डमा फरार छन् ।

मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका यादवले मधेसी मोर्चा र सरकार बीचभएको तीन बुँदे सहमति आनुसार आन्दोलनका घाइते भएकाको उपचार खर्च र मृतकलाई दशलाख रुपैयाँ क्षतिपूर्ती दिलाउन गृह मन्त्रालयलाई सूची पठाइएको हो । आन्दोलनका क्रममा पर्सा जिल्लाबाट ७ जनाले ज्यान गुमाएपनि ६ जनालाई दश लाख क्षतिपूर्ती र एक सय ८३ जना घाइतेमध्ये हालसम्म ६ जनालाई मात्र उपचार खर्चमात्र सरकारले उपलब्ध गराएको उनले बताए ।

राज्य पक्षले आन्दोलन दबाउन त्यतिबेला आन्दोलनकारीमाथि झुठो मुद्दा लादेकोले सहमति अनुसार सबैको राजनीतिक निर्णयबाट खारेजी हुनुपर्ने माग गरिएको बताए । मधेश आन्दोलनको मुख्य थलो बनेको पर्साको वीरगन्जमा सबभन्दा बढी आन्दोलनकारी मारिएका र घाइते भएका थिए । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सात जना मृतको नामावली र घाइते भएका एक सय ८३ जनाको नामावली प्रजिअमार्फत गुह मन्त्रलायलाई मोर्चाले बुझाएको हो ।

मोर्चा आवद्ध दलका नेता तथा प्रतिनिधिसहितको टालीले प्रजिअलाई विवरण बुझाएको थियो । आन्दोलनको क्रममा वीरगन्जको शंकराचार्य गेट अगाडी प्रहरीको गोली लागि मृत भएका भारतीय नागरिक आशिस रामले क्षतिपूर्ती पाउन बाँकी छ । प्रजिअ घिमिरेले जिल्ला सुरक्षा समितिको बैठकबाट भारतीय नागरिकलाई शहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी दिए।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्