Logo
१३ बैशाख २०८१, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकप्टर नुवाकोटको बेतिनी जंगलमा दुर्घटना, को–को थिए हेलिकप्टरमा ?

Fisten Eir News

हाइ अल्टिच्यूटमा उड्ने तालिमप्राप्त लिम्बु ले १६०० घन्टा उडान भरिसके
काठमाडौँ । गोरखाबाट काठमाण्डौका लागि उडेको हेलिकोप्टर सम्पर्क बिहीन भएको छ । फिस्टेल एयरको नाईन एनएकेए कल साईन भएको हेलिकोप्टर नुवाकोट आईपुगेपछि सम्पर्क बिहीन भएको हो । फिस्टेल एयरका अपरेशन एन सेल्स शाखाका रमेश शिवाकोटीले नुवाकोट आउँदासम्म सम्पर्क भएको हेलिकोप्टर त्यसपछि सम्पर्क बिहीन भएको बताए ।

हेलिकोप्टर गोरखाको फिलिमबाट विरामी लिएर काठमाण्डौ आउँदै थियो । नुवाकोटको मदनपुर ९ पाखुरेका स्थानीयले भने हेलिकोप्टर स्थानीय बेतिनी जंगलमा खसेको भन्दै प्रमुख जिल्ला अधिकारीकहाँ जानकारी गराएका छन् ।

पाईलट रञ्जन लिम्बुले चलाएको हेलिकोप्टरमा चालक सहित ६ जना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पुष्टि गरे । हेलिकप्टर १२ बजेर २२ मिनेटदेखि सम्पर्कबिहीन भएको त्रिभुवन बिमानस्थलका फ्लाइट डिपार्टमेन्ट प्रमुख सुधीर चौधरीले जानकारी दिए ।

Fishtail-Air

को–को थिए हेलिकप्टरमा ?

गोरखाका एसपी जनक पाण्डेका अनुसार वर्ष ६० का कितमान गुरुङ, वर्ष ५६ की अज्ञानी गुरुङ, वर्ष १९ की प्रिति गुरुङ, प्रितिकी ५ दिनका छोरा सवार थिए । यस्तै फेज नामक गैरसरकारी संस्थामा कार्यरत इटहरीकी २२ वर्षीया निशा तामाङ र अर्की लक्ष्मी गुरुङ पनि हेलिकप्टरमा सवार थिए भने हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए ।

हाइ अल्टिच्यूटमा उड्ने तालिमप्राप्त लिम्बुले १६०० घन्टा उडान भरिसकेका थिए !
नुवाकोटको मदनपुर-९ पाखुरेमा सोमबार दिउँसो दुर्घटना भएको हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए। झापा धाइजन ६- पिपलडाँगीका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए।

को- पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। दुई दाजुभाइ मध्ये कान्छो छोरा लिम्बुका सबै परिवार बेलायतमै बस्छन् । नेपालमै केही गरौं भनेर बेलायतको आवासिय सुविधा छोडेर लिम्बु नेपाल आएका पारिवारिक स्रोतले जनाएको छ । हाईअल्टीच्यूटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनकोसमेत प्रशीक्षण लिएका थिए। सोमबार गोरखाबाट सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गएका उनी काठमाडौं फर्किँदा दुर्घटनामा परेका थिए ।

#तस्बिरः पाइलट लिम्बुको फेसबुकबाट

pilot-ranjan

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्