Logo
१३ बैशाख २०८१, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवजोडीको उमेर अन्तरले बताउँछ विवाह कति समयसम्म चल्नेछ !

Marriage
एजेन्सी ।  के तपाईंलाई विवाह गर्ने जोडी बिच कतिको उमेर अन्तर हुनुपर्छ भन्ने थाहा छ ? किनभने हामीले धेरैपटक ५० वर्षे दुलाहाको २२ वर्षीया दुलही देखेका छौं । यस्तो अवस्थामा यो थाहा पाउन महत्वपूर्ण छ कि विवाह गर्ने जोडीको उमेर अन्तर कति हुनुपर्छ र यसले सम्बन्धमा कस्तो असर पार्दछ ।  मिरर डट को डट युकेका अनुसार  विवाहका लागि दुई युवा युवती तयार छन् र उनीहरुले एक अर्कालाई माया गर्छन् र सँगै बाँच्न सक्छन् भन्ने लागेमा उमेर अन्तरले खासै फरक नपार्नेजस्तो सुरुवाती अवस्थामा देखिन्छ ।

तर विवाहभन्दा पहिलेको र विवाह पछिको जीवनमा निकै ठूलो अन्तर हुन्छ । यसमा उमेर अन्तरले असर पारेकै हुन्छ ।  एट्लान्टास्थित इमोरी विश्वविद्यालयका एन्ड्र्यु फ्रान्सेस र ह्यूगो मिआलोनद्वारा गरिएको अनुसन्धानमा यस बारे जानकारी सार्वजनिक भएको छ । यस अनुसन्धानमा ३ हजार जोडीले भाग लिएका थिए । अनुसन्धानका अनुसार विवाहित जोडीबिच उमेरको जति धेरै अन्तर हुन्छ, विवाह टुट्ने सम्भावना पनि त्यति नै हुन्छ ।

यस अनुसन्धानलाई मान्ने हो भने विवाहित जोडीबिच उमेरको अन्तर ५ वर्षसम्म छ भने यस्तो विवाह टुट्ने सम्भावना १८ प्रतिशतले बृद्धि हुन्छ । यस्तै गरी यदि विवाहित जोडीको उमेरमा १० वर्षले अन्तर छ भने यस्तो विवाह टुट्ने सम्भावना ३९ प्रतिशत हुन्छ र यदि यो अन्तर २० वर्षको छ भने ९५ प्रतिशत विवाह टुट्छन् । शोधकर्ताका अनुसार यदि विवाह गर्ने जोडीको उमेर अन्तर एक वर्ष वा कम भए, त्यस्तो विवाह टुट्ने सम्भावना ३ प्रतिशत मात्र हुनेछ ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्