Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक फिल्मको पारिश्रमिक १०० करोड लिने पहिलो अभिनेता सलमान

salman
मुम्बई । बलिउडमा दर्जनौँ फिल्महरुले १०० करोडको व्यापार गर्ने गरेका छन् । तर एक फिल्ममा काम गरेर १०० करोड पारिश्रमिक लिने अभिनेता भने एक मात्र छन् –सलमान खान । उनले फिल्म सुल्तानमा काम गरेको पारिश्रमिक १०६ करोड पाउने भएका छन् ।

सुल्तानका लागि सलमानले यशराज फिल्मबाट एक रुपैयाँ पनि लिएका छैनन् । तर फिल्मको ब्यापारबाट नाफा भएको पैसामध्ये ५० प्रतिशत यशराज र ५० प्रतिशत सलमानले लिएका छन् ।

सुल्तानले भारतमा मात्रै झण्डै ३०० करोडको व्यापार गरेका छ । ७० करोड फिल्म निर्माण र २५ करोड प्रिंट र प्रमोशनमा खर्चिएको सुल्तानको कूल लगानी ९५ करोड हो ।

फिल्मको स्याटलाईट अधिकार सोनी टिभिले ६२ कोडमा किनेको छ । त्यस्तै १८ करोड पेड ईन्टरनेट डाउनलोडबाट आएको छ । त्यस्तै फिल्मको गीतको कपिराइट १५ करोडमा बेचिएको छ ।

जापान, जर्मनी र पोल्याण्ड लगायतका देशका स्थानिय भाषामा डब गरेर फिल्म रिलिज हुन बाँकी नै छ । भएपछि सुल्तानले अझै कमाई गर्नेछ । सलमानले यसबाट पनि पैसा पाउनेछन् ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्