Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपुर पृतना कार्यालयबाट हतियारसहित नेपाली सेनाकै व्यक्ति फरार

Nepali Sena News

काठमाडौं २३  साउन  । नेपाली सेनाको सुदूरपश्चिस्थित सुुदूरपश्चिम क्षेत्रिय पृतना कार्यालय राजपुरबाट हतियारसहित सुरक्षाकर्मी शुक्रबार राती फरार भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

शुक्रबार राती हतियारसहित नेपाली सेनाको व्यक्ति फरार भएपछि प्रहरीमार्फत सबै जिल्लामा खोजीकार्यका लागि निर्देशन दिएको छ । डोटी, डडेल्धुरा र अछाम जिल्लामा चल्ने लामो तथा छोटो दुरीका यायातका साधनमाथि प्रहरी र नेपाली सेनाको टोलीले कडा चेकजाँच गरिरहेको छ । शुक्रबार राती सुदूरपश्चिमा अञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम राजपुरमा रहेको पृतना कार्यालयभित्र रहेको खरखजनाको स्टोर रुमका झ्याल ढोका तोडिएको स्रोतले जानकारी दिएको छ ।

झ्याल ढोका तोडिएको देखेपछि अनुसन्धान गर्दा हतियारसहित लगेर फरार भएको पत्ता लागेको छ । फरार व्यक्ति को हुन् र कति हतियार लगियो भन्ने बारेमा सेनाले केही खुलाउन चाहेको छैन् । फरार व्यक्तिको खोजी कार्य तिब्र पारिएको छ । मूख्य सडकमा गुड्ने यातायातका साधनहरुमा प्रहरी र नेपाली सेनाले कडा निगरानी गरिरहेको छ ।

सुदूरपश्चिम पृतनापती बिनोद कुमार श्रेष्ठ विदेश भ्रमणमा रहेकाले तेघरी ब्यारेक कैलालीका प्रमुख रामशरण कार्की निमित्त पृतनापती रहेका छन् । कैलालीमै रहेका प्रमुख हिजो राती घटना भएपछि डोटी पुगेका छन् । निमित्त पृतनापतीसँग कुरा गर्नका लागि सम्पर्क गर्दा उनी बैठकमा व्यस्त रहेको भन्दै कुरा गर्न मानेका छैनन् भन्दै रातोपाटीले समाचार पोष्ट गरिएको छ ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्