Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा समूहसमूहबाट सभापतिको उम्मेद्वारमा नैनसिंह महर तय !

Nainsing-mahar

काठमाडौं २३ साउन  । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट नैनसिंह महर नेविसंघको महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने भएका छन् । आधिकारीक सभापति को हुने भन्ने विषयमा विवाद भैरहेको बेला महरले यस्तो उम्मेद्वारी पाएका हुन् । आजबाट नेविसंघको ११औं महाधिवेशन हुँदैछ । काँग्रेस सभापति शेरबहादुर देउवाले दिउसो १ बजे महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन र बन्द सत्र दुर्व भृकुटी मण्डपमा हुनेछ ।

रामचन्दै पौडेल समूहबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, नीलकण्ठ रिजाल र आनन्द त्रिपाठीले अध्यक्ष दाबी गर्दै आएका छन् । महरले आफुले सभापतिका लागि टिकट पाएको बताए । देउवा समूहबाट जितजंग बस्नेत र शुभराम बस्नेत पनि सभापतिका लागि दावेदार थिए ।

संघको संशोधित विधानअनुसार प्रदेश, समावेसीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेसीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्रीको व्यवस्था छ । आन्तरिक विवादका कारण ०६४ पछि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

बन्दसत्रलाई व्यवस्थित गर्न संघले सोमबारबाट महाधिवेशन प्रतिनिधि परिचयपत्र भएकाबाहेक अन्यलाई भृकुटीमण्डप प्रवेश गर्न नदिने भएको छ । त्यस्तै, महाधिवेशन स्थलको सुरक्षा मजबुत बनाउन नेपाल प्रहरीले विभिन्न चारवटा सिसी क्यामेरासहित गतिविधि नियाल्ने भएको छ।  महाधिवेशनमा करिव ३५ सय प्रतिनीधि प्रर्यवेक्षक सहभागी हुँदैछन् ।

१२औं महाधिवेशनदेखि संघले ३२ बर्ष उमेद हद पनि तोकेको छ । यस पटक भने एक व्यक्ति एक पदको व्यवस्था गरेको छ । काँग्रेसले संघको महाधिवेशन गराउन प्रकाशरण महतको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । काँग्रेसको महाधिवेशनपछि बसेको वैठकले ६ महिनाभित्र भाृत संगठनका सम्मेलन सक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्