Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि जवाभावी पार्किङ गर्नेलाई एक हजारसम्म जरिवाना !

Parking News

ललितपुर २३  साउन । ललितपुरमा आइतबारदेखि जथाभावी पार्किङ गर्न नपाइने भएको छ । जाम र दुर्घटना बढेको भन्दै जावलाखेलबाट लगनखेलसम्म चार पाङ्ग्रे गाडीलाई पार्किङ निषेध गरिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए ।

जथाभावी पार्किङ गरेका चारपाङग्रे गाडीलाई सवारी ऐन अनुसार ५ सय देखि एक हजार रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।अधिकांश सवारी धनीले बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सडकमै सवारी पार्किङ गर्ने गरेको पाएपछि आइतबारदेखि लागूहुने गरी चारपाङ्ग्रे गाडीलाई पार्किङ निषेध गर्न लागिएको उनको भनाई छ । यसरी पार्किङ निषेध बनाउँदा सडक जाम कम हुने उनको विश्वास छ ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्