रियो ओलम्पिक आयोजनास्थलमा बम बिस्फोट
रियो, एजेन्सी । रियो ओलम्पिक आयोजनास्थलमा बम बिस्फोट भएको छ। रियो दि जेनेरियोस्थित साइक्लिङ ट्रयाकको फिनिसिङ लेन्थमा बिस्फोट भएको बताइएको छ । बिस्फोट कसले गरायो खुल्न सकेको छैन् । तर, बिस्फोटनमा खेलाडी तथा सर्वसाधारण कोही पनि घाइते नभएको बताइएको छ। थप जानकारी अझ आउन बाँकी रहेको सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थलमा बम डिस्पोजल टोलीलाई तत्कालै परिचालन गरिएको छ। यसअघि रियो ओलम्पिकको उद्घाटन हुँदा ब्राजिलका सर्वसाधारणहरूले रियोस्थित माराकाना रंगशालाको बाहिर बसेर शान्तिपूर्ण विरोध गरेका थिए। विरोधीहरूलाई धपाउन प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।
उनीहरूले देश चरम आर्थिक दुरावस्थाबाट गुज्रिरहेको बेला ओलम्पिकजस्तो खर्चिलो प्रतियोगिताको आयोजना गरेको भन्दै विरोध गरेका थिए । ओलम्पिकको उद्घाटन सत्रमा रंगशालाभित्र रहेका स्थानीय ब्राजिलीहरूले कार्यवाहक राष्ट्रपतिविरूद्ध चर्को हुटिङ गरेका थिए। आयोजक कमिटीले विरोधको स्वरलाई दबाउन रंगशालाभित्र संगीतको सहारा लिनु परेको थियो।