Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मलाई कुनै जागिरे मन्त्री बनेर झन्डा हल्लाउन मात्र सरकारमा जानु छैन’

shekhar_koirala

काठमाडौ २१ साउन । नेपाली काग्रेसका नेता शेखर कोइरलालले कुनैपनि मन्त्री भई मात्र जागिरे मन्त्री बनेर झन्डा हल्लाउन सरकारमा जानु को कुनै अर्थ नरहेको बताएका छन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता डा. शेखर कोइरालालाई परराष्ट्र मन्त्री बनाउन नसक्ने जानकारी दिएपछि कोइराला अरु मन्त्रालयमा नजाने भएका छन् ।

माओवादी, कांग्रेस गठबन्धनको नयाँ सरकारमा पार्टीको तर्फबाट परराष्ट्र मन्त्रालयको नेतृत्व लिन तयार भएका कोइरालालाई सभापति देउवाले बुधबार साँझ टेलिफोनमार्फत यस्तो जानकारी गराएको स्रोतले बतायो । देउवासँगको कुराकानीमा आफूमा कुनै जागिरे मन्त्री बनेर झन्डा हल्लाउन सरकारमा जाने रहर नभएको भन्दै आफूलाई दिने नै भए परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन र नभए सभापतिको सहजताका लागि इच्छाअनुसार निर्णय लिन कोइरालाले सुझाव दिएका थिए ।

नेपालको पछिल्लो राजनीतिक अवस्था र यसको नेपाल र छिमेकी राष्ट्रहरूसँगको असन्तुलित सम्बन्ध र नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा परेको नकारात्मक प्रभावमा सुधार ल्याउन आफूले परराष्ट्र मन्त्रालयमार्फत सकारात्मक भूमिका खेल्न सक्ने दाबी गर्दै कोइरालाले देउवासँग परराष्ट्र मन्त्रालय खोजेका थिए ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्