Logo
१५ चैत्र २०८०, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा १२ जनाको हत्या घटनाप्रति सभापती देउवाद्वारा दु:ख ब्यक्त

Serbahadur Deuwa

काठमाडौं, २२ साउन ।  नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले भारत असाम राज्यको कोक्राझार बजार इलाकामा एक अपराधिक व्यक्तिले चलाएको अन्धाधुन्द गोली प्रहारबाट १२ जनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गरेका छन् ।
विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आपराधिक घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दै दुःखद क्षणमा भारत सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट समेत गरेका छन् ।

घटनामा परी निधन हुनु भएका सबैप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । देउवाको निजी सचिवालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्