Logo
६ बैशाख २०८१, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरले भने-‘हामीले तीनबुँदे सहमति गरेर आत्मसमर्पण गरेका छैनौं’

Tamalopa News

काठमाडौं २२ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथि नेपालको उपनिवेश अझै पनि कायमै रहेको बताएका छन् । उनले आफूहरु त्यसको अन्त्यका लागि लडाइँ लडिरहेको बताए । कांग्रेस–माओवादीको गठबन्धनसँग मधेशी मोर्चासहितको संघीय गठबन्धनले गरेको तीनबुँदे सहमतिबारे प्रष्ट्याउँदै ठाकुरले भने, ‘हामीले तीनबुँदे सहमति गरेर आत्मसमर्पण गरेका छैनौं ।’

उनले एमाले सरकारभन्दा कांग्रेस–माओवादी आफूहरुको मागप्रति सराकात्मक भएको र माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेको तीनबुँदे सहमति गरेको धारणा राखे । तमलोपाको भ्रातृ संगठन तराई–मधेश विद्यार्थी फ्रन्टको ८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित एक अन्तरसम्वाद कार्यक्रममा सो कुरा बताएका छन् ।

कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले संसदीय राजनीतिमा सम्झौता गर्नुपर्ने भएकोले यो सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए । उनले मधेशी मोर्चाले गरेको सहमतिप्रति चनाखो भएर बस्नुपर्ने बताए । मानवअधिकारवादी तथा अधिवक्ता दीपेन्द्र झाले मधेशी मोर्चाले गरेको तीनबुँदे सहमति सकारात्मक रहेपनि त्यसको कार्यान्वयन पक्षमा भर पर्ने बताए । उनले संविधान संशोधन विधेयक दर्ता हुने बित्तिकै सरकारमा सहभागी हुन तयार नहुन आग्रहसमेत गरे ।

फ्रन्टका अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  तुलानारायण साह, संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष मो. लालबाबु राउत गद्दी, सद्भावना पार्टीका महासचिव मनिष सुमन, रामसपाका महासचिव केशव झा लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्