Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गडिमाइमा बलिप्रथा रोक्ने सर्वोच्चको निर्णयलाई विरोध

UJURI

काठमाडौँ, साउन २२ गते । विश्व हिन्दु महासङ्घले यही साउन २० गते गडिमाइमा बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ । आज एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ ।

नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार गरी खारेज गर्न आग्रह गरिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए ।

बलिप्रथा, मस्टो, दशैँमा गरिने मौलो पूजा, कोटमा दिइने भोगबली, गोरखनाथको खोरखकाली, मनकामना, दक्षिणकाली जस्ता हजारौँ हजार शक्तिपीठ केन्द्रहरुमा मात्र कुल पूजामा समेत बलि दिने सांस्कृतिक परम्परा रहेकाले यसलाई रोक्न नमिल्ने महासङ्घको भनाइ छ ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्