Logo
१५ बैशाख २०८१, शनिबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चुनौतीका बीचबाट होसियारीपूर्वक परिणाम निकाल्छु, रिबन काट्न जान्नः’

pm-prachanda

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा रिबट काट्ने कार्यक्रममा नअल्झने बताएका छन् । शनिबार गोरखा–काठमाडौँ सम्पर्क मञ्चको एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कार्यकाललाई प्रभावकारी बनाउन अपवादबाहेक उद्घाटन र रिबन काट्ने कार्यक्रममा जान्न ।’

भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल भएको दाबी गरे । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौँ । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं,’ उनले भने, ‘एकतालाई जनतासम्म पुर्याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु आजको प्राथमिकता हो ।’

प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन लागि पर्ने बताउदै रिबन काट्न नजाने बताएका हुन् । उनले शनिबारको कार्यक्रम पूर्वनिर्धारित भएकाले मात्र उपस्थित भएको समेत प्रष्ट पारे । ‘परिणाममुखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले आएँ तर आगामी दिनमा रिबन काट्ने काममा अल्झने छैन ।’

संविधानको परिमार्जनसहित कार्यान्वयन, भूकम्पको पुनर्निमाण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मूख्य कार्यभार रहेको भन्दै प्रधामन्त्रीले चुनौतीकाबीच होसियारीपूर्वक परिणाम निकाल्ने बताए । भेलामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, देव गुरुङ, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमृता थापा मगरले मन्तव्य राखे । #File Photo

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्