Logo
१५ चैत्र २०८०, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी खाताबारे मोर्चा: ‘एमालेका पत्रकारहरुले जे मनलाग्यो त्यही लेख्दै हिड्या छन्’

Barta

प्रभाकर सिंह, काठमाडौं । सरकार र मधेसी मोर्चाका नेताहरुको बैठकमा मधेस आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेको उपचार खर्च पार्टी मार्फत वितरण गर्नुपर्ने प्रस्ताव राखेको छ भनी आइरहेको समाचारबारे कडा अपत्ती जनाएका छन् ।

‘त्यो बैठकमा पार्टीको खाताबारे नामसम्म उच्चारण भएको छैन’ सघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने मिडियामा कहाँबाट यस्ता भ्रमक समाचार आइरहेका छन् बुझ्न सकिएन तर यो सरासर गलत कुरा हो ।’ एनभिएम ग्रुपसगँको विशेष कुराकानीमा उनले भने यस्ता कुराको कुनै तुक छैन, हामीले किन पार्टीको नाम लिनु र एमालेका पत्रकारहरुले जे मनलाग्यो त्यही लेख्दै हिड्या छन् ।’  

त्यस्तै सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले केहि अनलाइन मिडियाहरुले भ्रामक समाचार पोष्ट गरिरहेको बताउदै यस्तो कुरामा प्वान्ट ५ प्रतिसत सम्मपनि सत्यता नभएको बताए । उनले भने ‘यसमा कुनै सत्यता छैन केहि अनलाइन मिडियाहरुमा कहाँबाट यस्ता समाचार आइरहेका छन त्यो थाह भएन’

तपलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालले पनि यस्तो कुरामा कुनै सत्यता नरहेको बताउदै उनले भने ‘मृतकका परिवारलाई र घाइते भएकाहरुलाई समेत बिल बमोजिम भुक्तानी गर्ने कुराचाँहि भएको हो तर पार्टीकै खातामा आउनु पर्ने कुनै कुरा भएको होइन’ उनले भने केहि हाम्रा कार्यकर्ताहरु पनि घाइते भएका छन, शाहादत्त भएका छन त्यस्ताको हकमा पार्टीले मध्यस्ता गर्न सक्नेसम्मको कुरा पनि भएको हो तर पार्टीकै खातामा भन्ने आरोप निराधार रहेको छ ।

यसअघि केहि अनलाइनहरुमा धेरै घाइतेहरु पार्टीका कायैकर्ता रहेको र पार्टीका स्थानिय नेताहरु मार्फत सम्पर्क आउने भएकाले सरकारले दिने रकम दलको खातामा आउनुपर्ने र त्यसै अनुसार वितरण हुनुपर्ने उनीहरुको माग गरेको खबर आएको थियो । उक्त अनलाइनहरुले मृतक र घाइतेको यकिन बिवरण मधेसी मोर्चामा रहेका दलहरुले संकलन गरेपछि सरकारले रकम वितरण गर्ने जनाएको र अर्को बैठकले मधेस आन्दोलनमा घाइते भएकालाई सहिदसमेत घोषणा गर्ने स्रोतको दावी छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले एक हप्ताभित्र मृतकका परिवारलाई १० लाख रुपियाँ दिने निर्णय गरिसकेको छ । तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एक हप्तामा निर्णय कार्यान्वयन नभए सरकारसँगको अविश्वास बढ्ने बताए । उनले पार्टी र नेताका खातामा पैसा नमागेको तर दलहरुले दिने प्रक्रियामा सहभागि हुनुपर्ने प्रस्ताव गरेको बताए ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्