Logo
१५ चैत्र २०८०, बिहीबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेनिसा र डिकेससँग जम्काभेटपछि पुर्व राजा–रानीको नयाँ तस्विर सार्वजानिक !

Gyanendra-Shah-in-Italy - Copy

काठमाण्डौ । पूर्व मिस नेपाल जेनिसा मोक्तान र उनका श्रीमान् डिकेश मलहोत्राले पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल शाह इटालीमा रहेको सार्वजानिक गरेका छन । इटाली स्थित मिलानको एक रेष्टुरेन्टमा जम्का भेट भएको मलोहत्राले आफना फेसबुक मार्फत फोटो सार्वजनिक गरेका हुन ।

डिकेश मलहोत्रा इन्टिग्रेटेड मोबिलिटी सोलुसनका प्रमुख हुन । मलोहत्राका अनुसार इटाली स्थित मिलानको एक रेष्टुरेन्टमा खाना खाइरहेका बेला पुर्व राज–रानीसग भेट भएको बताए । त्यहाँ उनीहरुको भेट नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह र उनकी धर्मपत्नी कोमल शाहसँग भेट भएपछि उनीहरुले आफ्नो क्यामरामा कैद गरेका छन् ।

काठमाडौंका बिजनेस टाइकुन डिकेसले यो फोटो सोसल मिडियामा सेयर गरेका हुन् । नेपालमा हुँदा धेरैजसो समय औपचारिक पहिरनमा देखिने शाह दम्पत्तीको यो रुप सायदैै कसैले देखेको होला । कालो चस्मा र ह्याट लगाएको उनको तस्बिर हेर्दा उनलाई ज्ञानेन्द्र भनेर चिन्न मुश्किल छ ।

यता कोमल पनि निकै भिन्न देखिएकी छिन् । धेरैजसो साडी लगाउने उनलाई कुर्ता र प्लाजोमा भिन्न देखिएकी छिन् । यो फोटो निकै चर्चित भएपछि यता जेनिसालाई भने आफूले अलि राम्रो तरिकाले फोटो खिचेको भए हुनेथियो भन्ने लागेको बताउँछिन् ।

पूर्व राजा रानीले आफूहरुसँग निकै नम्र भएर बोलेको उनले फेसबुकमार्फत जानकारी दिइन् । यो भेटलाई आफ्नो भ्रमणको सबैभन्दा ठूलो हाइलाइट भएको जेनिसा बताउँछिन् । नवविवाहित जेनिसा मोक्तान र डिकेश मलहोत्रा छुट्टी मनाउन लामो समयदेखि देश बाहिर छन् ।

Gyanendra-Shah-in-Italy

#फोटोः डिकेश मलहोत्राको फेसबुकबाट

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्