Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई  बेलायती राजदूतद्वारा शुभकामना

uk-rajdut

काठमाडौँ २१ साउन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् ।

नेपाल र बेलायतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन आफू र आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गर्ने भन्दै प्रधानमन्त्रीले एक आपसमा मिलेर काम गर्ने विचार समेत व्यक्त गरेको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाइ दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

प्रधानमन्त्रीले बेलायत सरकार र बेलायती जनताको तर्फबाट प्राप्त भएको बधाईप्रति धन्यवाद दिएका थिए । यस्तै विकास साझेदार डिएफआइडीले नेपालको विकासमा पुर्याएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्