Logo
१२ बैशाख २०८१, बुधबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

PA मा महरा र मल्ल, प्रधानमन्त्री प्रचण्ड बालुवाटार आज दिउँसो सर्दै

Prachand GOV
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखबहादुर महरा र रमेश मल्ललाई आफ्नो स्वकीय सचिव नियुक्त गरेका छन् । महरालाई प्रमुख स्वकीय सचिव र मल्ललाई स्वकीय सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैवीच आज दिउँसो बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाए अनुसार दिउसो तीन देखि चार बजेको वीचमा लाजिम्पाटबाट सरकार निवास बालुवाटार सर्न थालेका हुन् । प्रचण्डले हिजो मात्र सपथ लिएका थिए । उनी साउन १९ गते संसदमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

रोल्पा निवासी महरा यसअघि पनि प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए । महरा माओवादी केन्द्रका सचिवालय सदस्य हुन् । मल्ल अखिल क्रान्तिकारीका निवर्तमान संयोजक हुन् ।

मल्लले गत साता मात्रै करिब दुई दशक लामो विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।सल्यान निवासी मल्ल नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन् । मल्लले बाबुराम भट्टराई नेतृत्वको सरकारमा दीनानाथ शर्मा शिक्षामन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका थिए ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्