Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ बँदे कार्यान्वयन गराउन मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय

prachanda-first-cabinet-754x405
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नका लागि महत्वपूर्ण निर्णयहरु गरेको छ ।शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस आन्दोलनका क्रममा मारिएकाहरुको परिवारलाई एक हप्ताभित्र स्थानीय जिल्ला प्रशासन कार्यालयबाट १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

 त्यस्तै, आन्दोलनका क्रममा मुद्दा खेपिरहेकाहरुको विवरण पनि गृहमन्त्रालयलाई एक हप्ताभित्र पेस गर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ ।

त्यस्तै, घाइतेहरुको उपचार खर्चको व्यवस्था पनि जिल्ला प्रशासनबाटै उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । घाइतेहरुको संख्याबारे विवरण एक हप्ताभित्र बुझाउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।

उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्ने विषयमा पनि गृहमन्त्रालयलाई प्रतिवेदन तयार गरेर बुझाउन मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्