Logo
१५ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूतका लागि राजनीति व्यक्तिलाइ गरिएको सिफारिस रद्ध !

prachanda-first-cabinet-754x405

काठमाडौं ।  सरकारले राजदूतका लागि सिफारिस भएका राजनीतिक व्यक्तिको खारेज गरेको छ । यस अधि केपी ओली नेतृत्वको सरकारले बैशाखमा २१ राजदूत सिफारिस गरेको थियो ।

ती मध्धे परराष्ट्र सेवाका राजदूतको संसदीय सुनुवाई भैसकेको छ । त्यसबेला काँग्रेस विपक्षीमा थियो । अहिले काँग्रेसले नयाँ सरकारमा परराष्ट्र मन्त्रालय आफुले राखेको छ ।

यही आधारमा नयाँ सरकारले राजनीति व्यक्तिलाइ राजदूतका लागि गरिएको सिफारिस रद्ध गरेको हो । त्यसबेला राजनीति दलका तर्फबाट सिफारिसमा परेका निम्न अनुसार रहेको छ ।

एमालेबाट
महेन्द्रबहादुर पाण्डे – चीन
डा। खड्ग केसी – जापान
युवराज कार्की – दक्षिण कोरिया
नारद भारद्वाज – श्रीलंका
अलिअख्तर मिकरानी – साउदी अरेबिया
डा। शिवमाया तुम्बाहाम्फे – इजरायल

एमाओवादीबाट
युवनाथ लम्साल – डेनमार्क
लक्की शेर्पा – अस्ट्रेलिया
पदम सुन्दास – बहराइन
महेन्द्र सिंह – कतार

राप्रपा नेपालबाट
निरन्जन थापा – रसिया
भरतबहादुर रायमाझी – यूएई
खगेन्द्र बस्नेत – बंगलादेश

को सिफारिस रद्ध भएको  निर्णय गरेको भन्दै रोतोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्