Logo
१३ बैशाख २०८१, बिहीबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा सरकार–मोर्चा वार्ता: देउवासहित ९ दलका अध्यक्ष सहभागी

Congress-Maoist-and-Madhesi-Morcha

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मुद्दा उठाइरहेको मधेसी मोर्चासँग वार्ता थालेका छन् । वार्तामा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, मोर्चा नेता उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, रामनरेश राय र राजकिशोर यादवलगायत सहभागी छन् ।

प्रधानमन्त्रीले मोर्चासहित संसदमा प्रतिनिधित्व गर्ने ९ दलसँग सिंहदरबारमा वार्ता गरिरहेका छन् । दाहाल बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चुनिएका हुन् ।

प्रधानमन्त्रीको निर्वाचनअघि कांग्रेस र माओवादी केन्द्रले मधेस केन्द्रित दलसँग सीमांकन, अंगीकृत नागरिकता र समानुपातिक प्रतिनिधित्व लगायत बिषयमा सहमति गरेका थिए । # File: Photo

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्