Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलम्पिक खेल्ने जितबहादुर पहिलो नेपाली, विरोधबीच ओलम्पिक !

Jitbahadur

काठमाडौं । आर्चरीमा ओलम्पिक खेल्ने जितबहादुर मोक्तान पहिलो नेपाली हुँदै छन् । उनले ३१ औं गृष्मकालीन ओलम्पिकको पहिलो दिन नै रियो डे जेनेरियोस्थित साम्बाड्रोम मार्किज डे सापुकाईमा प्रतिस्पर्धा गर्दै छन् । सोमबार रियो पुगेका उनले प्रतियोगिता स्थलमा बुधबार र बिहीबार अभ्यास गरिसकेका छन् ।

ब्राजिलका सहरहरुमा तीन महिना घुमाएर ओलम्पिक टर्चलाई पानीजहाजबाट बिहीबार ओलम्पिक नगर रियो डे जेनेरियोमा ल्याइएको छ ।उनीहरुले केही ठाउँमा टर्चलाई निभाउनले प्रयास समेत गरेका थिए । विरोधीको भीडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।रियोका मेयर एडुआर्डो पेसले सहरको केन्द्रमा सुरुमा टर्चलाई बोकेका थिए ।

सहरको उत्तरतिर पुग्दा तनावपूर्ण दृष्य पनि देखिएको थियो । ओलम्पिकमा गरिएको उच्च खर्चलाई लिएर रिसाएका दशौं हजारले टर्च रिलेलाई चुनौती दिँदै विरोध प्रदर्शन गरेका थिए ।

ओलम्पिक टर्च रिले हेर्न बालबालिकासहित निस्किएकाहरु प्रहरी र प्रदर्शकारीबीच भिडन्त हुन थालेपछि भागाभाग गरिरहेका थिए । सहमतिअनुसार टर्च रिलेको लागि सडक खुला नगरेपछि कारबाही गर्नुपरेको प्रहरीले बताएको छ ।

यसअघि नै प्रहरीले तीन प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ । ब्राजिलमा राजनीतिक संकट गहिरिँदै गएको छ र शुक्रबार ओलम्पिकको उद्घाटन समारोहमा अझ विरोध चर्किनसक्छ । आयोजकले १० लाख बढी टिकट बिक्री हुन बाँकी रहेको बताएको छ ।

 #रियो ओलम्पिक २०१६ मा शुक्रबार प्रतिस्पर्धा गर्न लागेका नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तान (बायाँ) र प्रशिक्षक दीपकराज गुरुङ । तस्बिर सौजन्य : आर्चरी संघ

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्