Logo
११ बैशाख २०८१, मंगलबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेसीको मुद्धा सम्बोधन गरी राष्ट्रिय एकता सुदृढ गर्नु मेरो पहिलो प्राथमिकता’

PM Prachand

प्रचण्डको  पदभार ग्रहणः

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी–जनजातिको मुद्धा सम्बोधन गरी अन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नु मेरो महिलो प्राथमिकता रहेको बताएका छन ।  बिहिबार पदभार ग्रहण गर्दै उनले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता समेत गरे ।

‘मधेसी, थारु, जनजाति लगायतले उठाएका मुद्धा सम्बोधन गरेर सम्बोधन थरेर अन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने र नयाँ संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको छ’ उनले भने ‘मेरो दोस्रो प्राथमिकता दोस्रो संविधान कार्यान्वयन हो ।’ भूकम्पपछिको पुनर्निर्माण सुस्त भएको भन्दै उनले त्यसलाई तिव्रता दिनु आफ्नो अर्को प्राथमिकता भएको बताए ।

राम्रो विकासको सम्भावना र दलहरुलाई एकताबद्ध गर्न नसके अफ्ठ्यरो स्थिति दोसाधमा देश रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता र संकल्पसहित आएकाले सहयोग गर्न सबैलाई अपील समेत गरेका छन् । आर्थिक सम्बृद्धि र विकास निर्माण जनताको चाहना रहेको भन्दै उनले तत्कालीन, मध्य र दिर्घकालीन आयोजनामार्फत रोजगारी सृजना गर्ने योजना सुनाए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग अनुभव कम भएको भन्दै उनले भने, ‘अहिले १० वर्षको अनुभव भएको छ । र, मलाई आशा छ कि जनताले जसरी धेरै अपेक्षाहरु गरेका छन् र मैले यो १० वर्षमा जे अनुभव हासिल गरेको छ्, मैले धेरै कुराहरु भन्ने भन्दा पनि देश र जनताको पक्षमा धेरै काम गर्थे मनस्थिति बनाएको छु ।’

शीतल निवासमा विशेष समारोहका बीच राष्ट्रपति समक्ष सपथ लिएका प्रचण्ड लैनचौर पुगेर सहिद स्तम्भमा चुनदेवी पुगेर पुष्पलाल श्रेष्ठको सालिकमा माल्र्यापण गरेका थिए । त्यसपछि माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरे ।

लगतै सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रचण्डले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चार प्राथमिकता सुनाए ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्