Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा निधि मर्यादाक्रममा दोस्रो स्थानमा

Bimlendra Nidhi

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सपथ लिएका पाँच जना मन्त्रीहरुको कार्यविभाजन गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार कांग्रेस नेता बिमलेन्द्र निधिलेले उपप्रधान सहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

उनी मर्यादाक्रममा प्रधानमन्त्रीपछिको दोस्रो नम्बरमा छन् । मर्यादाक्रममा उनीपछि अर्का उपप्रधानमन्त्री माओवादी नेता कृष्णबहादुर महरा छन् ।

उनले अर्थ मन्त्रालय पाएका छन् । मन्त्रीहरु रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात र गौरिशंकर चौधरीले कृषि विकास र दलजित श्रीपाइलीले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

आज गठन गरिएको सानो मन्त्रिपरिषदमा कांग्रेसबाट निधि र लेखक छन् । त्यस्तै महरा, चौधरी र श्रीपाइली माओवादीबाट मन्त्री भएका हुन् ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्