Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिको पहिलो निर्देशनः ‘मधेशवादी दलसँगको सम्झौता कार्यान्वयनमा सिरियस हुनुस’

Bimlendra Nidhi

काठमाण्डौ । नवनियूक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशवादी दलसँग भएको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिन गृह मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले पद तथा गोपनियताको सपथग्रहण गरी गृह मन्त्रालय पुगेर पद्भार ग्रहण गरेलगत्तै मातहतका कर्मचारी र सुरक्षा अधिकृतहरुलाई मधेशी मोर्चा र संघीय गठबन्धनसँग भएको सम्झौता कार्यान्वयनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् भन्दै राससले जनाको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले मोर्चा र गठबन्धनसँग बुधबार मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च व्यहोर्ने तथा आन्दोलनमा भएका हिंसात्मक घटनाको छानविनका लागि न्यायिक समिति गठन गर्ने सहमति गरेका थिए ।

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक विकास श्रेष्ठलाई इटलीमा आगामी असोज २६ गतेदेखि कात्तिक १६ गतेसम्म हुने तालिममा पठाउने सिफारिस अनुमोदन गरेर कर्मचारी तथा सुरक्षा निकायमा उच्च अधिकृतहरुसामू पेश भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले मोर्चा र गठबन्धनसँग भएको सहमतिको जगमा सरकार बनेको भन्दै सहमतिमा उल्लेख विषयलाई प्राथमिकता किटान गरेर अगाडि बढाइने बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले सरकारका सबैजसो मन्त्रालयहरुका काममा गृह मन्त्रालय जोडिने भन्दै शान्ति सुरक्षा र सुशासन कायम गराउने मामिलामा गम्भीर भएर काम गर्न कर्मचारी र सुरक्षा अधिकृतहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्