Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदी किनारमा विमानको फोर्स ल्याण्डिङ, चालक स-कुशल !

Air

काठमाडौं २० साउन  । हुम्लाको सिमिकोटबाट नेपालगन्जका लागि उडेको मकालु एयरलाईन्सको विमान कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ गरिएको छ ।  बिमान नेपालगन्जबाट सामान लिएर हुम्लाबाट रित्तै फर्किरहेको थियो।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेका अनुसार बिमान अपरान्ह ३ बजेर ४५ मिनेटमा उडेको ५ मिनेटपछि इन्जिन केही समस्या भएपछि पाइलटले बिमान सिमिकोट विमानस्थलमा ब्याक गर्न खोजेका थिए।

सिंगल इन्जिन भएको जहाजमा इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका हुन् । तर बिमान बिमानस्थलसम्म पुग्न सकेन र सिमिकोटको राउतेरानीस्थित कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ भएको हो ।

विमानमा चालक र सहचालक मात्र थिए । घटना लगत्तै हेलिकप्टरबाट उद्धार टोली घटनास्थल पुगेको उनले बताए । न्यौपानेका अनुसार दुबै चालकहरू सकुशल छन् ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्