Logo
६ बैशाख २०८१, बिहीबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्ड सरकार असफल भए माओवादी पत्तासाफ’

Rambahadur_thapa

काठमाडौं २० साउन । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुने बताएका छन् ।

उनले असन्तुष्ट दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न तथा विगतका गल्तिबाट पाठ सिकेर विकास निर्माणका काम अगाडि बढाउन नसके पार्टी पत्तासाफ हुने धारणा राखे ।

नेता थापाले फाल्गुनन्द फिल्मस् प्रालिले विहीवार काठमाडौमा गरेको कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रका लागि ठूलो परीक्षा भएको दावी गरे ।

नेता थापाले नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धन र मधेशी मोर्चासँग गरेको सहमतिले पिछडिएका जातजातिमा आशा जागेको भन्दै अव त्यो आशालाई निराशामा परिणत हुन नदिन सरकारले जातीय पहिचान सुनिश्चित हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्