Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दौरासुरुवाल लगाएर तम्तयार अर्जुननरसिंह केसी सपथ लिन गएनन्

Arjun-Nar-Singh-KC-2

काठमाडौं २० साउन । दौरासुरुवाल लगाएर मन्त्री पदको सपथ खान तम्तयार रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी गृहमन्त्री नपाएको भन्दै सपथ लिन गएनन् । प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको पनि नाम थियो ।

उनको मन्त्रालय भने तोकिएको थिएन । पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । तर, केसीले गृह नपाएसम्म सरकारमा नजाने जवाफ दिएको उनका सहयोगी सरोज केसीले जानकारी दिए ।

देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् । केसीले सुरुमा सरकारमा पार्टीको नेतृत्व दाबी गरेका थिए । तर, बिहीबार विहान भएको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भएको थियो ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्