Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहालसँगै गृहमा निधी, अर्थमा महरा, कानुनमा रमेश लगायतले सपथ लिदै

New Pm News

कोइराला परराष्ट्रमन्त्री बन्ने, तर आज सपथ भने नहुने

काठमाण्डौ । नेपाली कांग्रेसले प्रचण्ड सरकारका लागि ३ मन्त्री चयन गरेको छ । पहिलो चरणमा पार्टीको नेतृत्व गर्दै विमलेन्द्र निधिले गृह हाक्ने भएकाछन् उच्च स्रोतले भन्यो । स्रोतका अनुसार कांग्रेसबाट आजै मन्त्री हुनेमा रमेश लेखक र अर्जुननरसिंह केसी पनि पर्ने भएका छन् । केसी रक्षा मन्त्री हुने पक्का पक्की भएको छ ।

केसीले सरकारमा पार्टीको नेतृत्व भन्दा पनि गृह दावी गरेका छन् तर कुनै मन्त्रालय हुन्छ उच्च स्रोतले भन्यो । रमेश लेखकलाई कानुन मन्त्रालय जिम्मा लगाउने तयारी भइरहेको छ । शेखर कोइरालाको पनि परराष्ट्रमन्त्री बन्ने पक्का पक्की तर आज सपथ भने नहुने बताइएको छ ।

त्यसै गरि माओबादी केन्द्रबाट उपप्रधान मन्त्री सहित अर्थको जिम्मेवारी कृण्ण बहादुर महराको नाममा टुङ्गिएको छ । माओबादी केन्द्रको मन्त्री छनोट बैठक अहिले २ बजे बस्दै छ ।

यसै बिच कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति पनि भएको छ । माओवादी केन्द्र तर्फ प्रधानमन्त्री सहित अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन लयागतका मन्त्रालय पर्ने भएको छ ।

नेकपा माओवादीले प्रचण्ड सरकारमा पहिलो चरणमा सहभागी हुने तीन मन्त्रीको टुंगो लगाएको छ । भर्खर सकिएको माओवादी कार्यालयको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री हुने भएका छन् । यस्तै गौरीशंकर थारु र दलजित श्रीपाइली मन्त्री हुने भएका छन् । गौरीशंकर कृषि र दलजित युवा तथा खेलुकद मन्त्री हुने छन् ।

 

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेको छ । कांग्रेसले थप दुई मन्त्रालय दाबी गरेपछि बिहीबार दुई दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ । आठौं मन्त्रालय महिला बालबालिका तथा समाज कल्यण हुन सक्ने बताइएको छ ।

सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिनेछ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्