Logo
१३ आश्विन २०७९, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्टफोन गेम पोकेमन गोविरुद्ध मुद्दा दर्ता

Prawidhi News
एजेन्सी, अमेरिका । विश्वमा भाइरल बनिरहेको स्मार्टफोन गेम पोकेमन गोविरुद्ध मुद्दा दर्ता गरिएको छ । अमेरिकाका एक नागरिकले पोकेमन गोविरुद्ध आफ्नो निजी सम्पत्तीमा प्रवेश गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

उनले मुद्दामा पोकेमन गो निर्माण कम्पनी नियान्टिकले भर्चुयल वोल्डलाई रियल वोल्र्डसँग तुलना गरी प्रख्यात बनाउन खोजेको र त्यसक्रममा निजी सम्पत्तीका मालिकको अनुमतिको अमपान गरेको आरोप लगाएका छन्।

उनले भने, ‘अन्जान मानिसहरु पोकेमन गो खेल्दै मेरो घरको वरिपरी घुमिरहेको पाएँ र दिनमा कम्तिमा ५ पटक त्यस्ता मानिसले मेरो घरको ढोका ढेक्ढकाए, मैले केही असुरक्षित महसुस गरें।

यस अघि अमेरिकाको होलोकट्स मेमोरियल म्युजियमले पोकेमन गो खेल्ने प्रयोगकर्तालाई म्युजियम भ्रमणका क्रममा उक्त खेल नखेल्न आग्रह गर्दै तत्काल आप्mनो नाम उक्त खेलबाट हटाउन आग्रह गरेको थियो।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्