Logo
७ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलबाट सिफारिसमा परेका व्यक्तिका विषयमा समितिमा मतभेद !

Rajdoot News

काठमाण्डौ । केपी ओली नेतृत्व सरकारद्वारा प्रस्तावित राजनीतिक दलका कोटाका राजदूतको सुनुवाई के गर्ने भन्ने विषयलाई लिएर संसदीय सुनुवाई समिति भित्रै मतभेद उत्पन्न भएको छ । तर परराष्ट्रबाट राजदूतमा सिफरिस भएकाहरु सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकासकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेशप्रसाद खनाल, झविन्द्रप्रसाद अर्याल र दुर्गाबहादुर सुवेदीको सुनुवाई सकिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले कर्मचारीबाट सिफारिसमा परेकाको सुनुवाई सकिएपछि अरुको सुनुवाईलाई एक दिन रोक्न भनेका थिए ।राजदूत प्रस्ताव गर्ने सरकार ढलिसकेको र नयाँ आउन लागेका बेला यसलाई कसरी अघि बढाउने भन्नेमा छलफल हुँदा केही सदस्यहरुले अब अघि नबढाउने सुझाव सभापतिलाई दिएका छन् ।

नेपाली कांग्रेसका बालकृष्ण खाँडले पनि सुनुवाई अघि बढाऔं तर नियुक्ति गर्ने या नगर्ने त सरकारको निर्णय हो भन्दै यसलाई रोकेर राख्न नहुने भने । समितिका सभापति कुलबहादुर गुरुङले सरकारले प्रस्ताव गरिसकेर आएको नामलाई सुनुवाई गर्दै अघि बढ्नुपर्ने बताए ।

बुधबार नै करिअरको सक्ने भनिए पनि प्रधानमन्त्रिको निर्वाचनमा सदस्यहरु जान पर्ने भन्दै बिहीबार विहान ८ बजेसम्म सुनुवाई स्थगित गरेको जानकारी उनले दिए । मंगलबार पाँच र बुधबार दुई गरि सात जनाको सकिएको हो । भने परराष्ट्रबाटै सिफारिसमा परेका लोकबहादुर थापाको भने विहीबार सुनुवाई हुने जानकारी दिइएको छ । विहीबार हुने सुनुवाईमा राजनीतिक दलको कोटाबाट परेकालाई बोलाउने या नबोलाउने भन्ने अन्यौलता रहेको छ ।

अन्यलाई बोलाउने हो भने विहिबार एमालेका कोटाबाट परेका पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर के सी, नारदनाथ भारद्धाज, शिवमाया तुम्वाहाम्फे, अलिखख्तर मिकरानी लगायत रोलक्रममा पर्ने हुन्छन् ।

तर उनीहरुलाई सिफारिस गर्ने दल नै अहिले प्रमुख प्रतिपक्षमा बस्ने भइसकेको अवस्थामा सरकारको नेतृत्व गरेको र पहिलेको सरकारमा समेत रहेका माओवादी केन्द्रबाट सिफारिसमा परेका युवनाथ लम्साल, महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास र लक्कि शेर्पालाई सुनुवाईमा बोलाउन पर्ने तर्कवितर्क भइरहेको एक सदस्यले बताए ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्