Logo
६ बैशाख २०८१, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका ४ र माओवादीका १ सांसद प्रचण्डलाई भोट हाल्न आएनन् !

PM Prachand

काठमाडौं । संसदको बुधबारको बैठकमा प्रधानमन्त्री निर्वाचन हुँदा नेपाली कांग्रेसका चार र माओवादी केन्द्रका एक सांसद अनुपस्थित भएका छन् ।

कांग्रेस महामन्त्री डा. शसांक कोइराला, केन्द्रीय सदस्यद्वय नरहरि आचार्य र मनमोहन भट्टराई र सांसद वीरबहादुर वलायर प्रधानमन्त्रीको मतदान प्रक्रियामा अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्रीको उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्न कांग्रेस र माओवादीले ह्वीप (निर्देश) जारी गरेका थिए ।

एमाओवादी सांसद योगेन्द्र तामाङ घिसिङ पनि प्रधानमन्त्री निर्वाचनमा आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मत हाल्न पाएनन् । उनी संसद बैठकमै उपस्थित नभएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले  बताए।

महामन्त्री डा. कोइराला र केन्द्रीय सदस्य आचार्य अस्वस्थ भएका कारण संसद बैठकमै आउन सक्दैनन्। केन्द्रीय सदस्य भट्टराईकी आमाको गत साता निधन भएकोले उनी आसौच बारेर बसेका छन् ।

अर्का सांसद वलायरकी पनि आमाको निधन भएपछि दिउँसो तीन बजेसम्म संसद बैठकमा बसेर उनी हवाईमार्ग मार्फत गृह जिल्ला डोटी गएको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले बताए ।

महामन्त्री डा. कोइरालालाई फोक्सोमा समस्या भएपछि दुई साता अघि उपचार गरी घरमा आराम गरिरहेका छन् भने अर्का केन्द्रीय सदस्य आचार्य कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निधनको समयमा मष्तिष्क पक्षघात भएर उपचारपछि घरमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्