Logo
१३ बैशाख २०८१, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमिरेट्स एयरलाइन्सको विमान दुवईमा दुर्घटनाग्रस्त

Emirates-Airliance

एजेन्सी ।  इमिरेट्स एयरलाइन्सको विमान दुवई एयरपोर्टमा दुर्घटनाग्रस्त भएको छ । दुवई एयरपोर्टमा आकस्मिक अवतरण गर्नुअघि विमानमा आगो लागेको थियो ।

भारतको केरलास्थित त्रिभेन्द्रम एयरपोर्टबाट उडान भरेको यस विमानको ल्याण्डिङ गियरले काम नगरेको बताइएको छ । तर अवतरण गर्नुभन्दा अगाडि नै विमानमा आगोको लप्का देखिएको पनि प्रत्यक्षदर्शीले दावी गरेका छन् ।

२७५ यात्रु र चालकदलका सदस्य रहेको इमिरेट्सको बोइङ ७७७ बिमान स्थानीय समय अनुसार बुधबार दिउँसो पौने १ बजे दुवई एयरपोर्टमा ल्याण्ड गरेपछि विमानस्थलको आकाशमा बाक्लो कालो धुवाँ मडारिएको देखिएको थियो ।

नाटकीय दृश्यमा देखिए अनुसार अवतरणका क्रममा विमानबाट थुप्रै आगोका लप्काहरु देखिएका थिए । आगोको लप्काले पूरै घेरिएको भनिएको बिमानबाट अविश्वसनीय रुपमा सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो ।

दुवई अन्तर्राष्ट्रिय बिमानस्थल मध्यपूर्वको सबैभन्दा व्यस्त बिमानस्थल हो भने अन्तर्राष्ट्रिय यात्रुको चापको आधारमा संसारकै व्यस्तमध्येको एक हो ।

दुवईको सरकारी सञ्चारमाध्यमका अनुसार अचम्मको कुरा छ कुनैपनि यात्रुहरु घाइतेसमेत भएका छैनन् । दुवई बिमानस्थलका सबै उडान तथा अवतरण अनिश्चित समयका लागि बन्द गरिएको छ भने बिमानस्थलमा कार्यरत सबै कर्मचारीलाई उद्धार तथा राहतमा परिचालन गरिएको छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्