Logo
१५ बैशाख २०८१, शनिबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिपलको बिरुवा रोपेर बालुवाटारबाट  बाहिरिए प्रधानमन्त्री ओली

KP-Sharma-Oli-

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा पिपलको बिरुवा रोपेर  बिदा भएका छन् । व्यवस्थापिका संसदले बुधबार नै नयाँ प्रधानमन्त्री चयन गर्ने निश्चित भएपछि ओली बालुवाटारबाट बाहिरिएका हुन् ।

बालुवाटार छाडेका ओली संसद बैठकमा सहभागी हुन संसदभवन नयाँ बानेश्वर आएका थिए  । सरकारी निवास छाड्नुअघि ओलीले बालुवाटारमा रहेका कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरेका थिए ।

आफू बालुवाटारमा रहँदा पुर्‌याएको सहयोगको प्रशंसा गर्दै ओलीले कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको उनका प्रेस सल्लाहकार प्रमोद दहालले बताए ।

ओलीलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरी बालकोट पुर्‌याउने युवा संघको तयारी छ । बालकोट चोकमा पनि धिमे बाजासहित ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्