Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति, ११ जनाको हस्ताक्षर

Congress-Maoist-and-Madhesi-Morcha

काठमाडौं । अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाली कांग्रेस र नेकपा माओवादीबीच मोर्चाका मागका सम्बन्धमा सहमति जुटेपछि ११ जनाले उत्रमा हस्ताक्षर गरेका छन । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच तीन बुँदे सहमति भएको छ।

उक्त पत्रमा जम्मा ११ जनाको हस्ताक्षर रहेको छ । काग्रेस र माओवादीको तफएबाट २ जना, मोर्चाको तर्फबाट ७ जना र सहिघय गठबन्धनको तर्फाबाट २ जना गरी जम्मा ११ जनाको हस्ताक्षर रहेको छ ।

सघिंय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकमा सहमति भएको भन्दै मोर्चाले आजको प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई सघाउने बताए ।

हिजो धोका भएको भनेका यादवले न्यूज अप्रेशनसगको विषेश कुराकानीमा भने ‘आज बिहानदेखीको प्रयासपछि अन्नतः सहमती भएको छ अब मोर्चाले प्रचण्डलाई मत हाल्ने छन’ ।

मोर्चा आवद्ध रामसपाका महासचिव केश्व झाका अनुसार  बुधबार बसेको त्रिपक्षीय बैठकमा नयाँ सरकारले मन्त्रिपरिषद बैठकबाट मोर्चाले उठाउँदै आएको मधेसी आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार, पक्राउ परेका कार्यकर्ता रिहा गर्ने, दोस्रो चरणमा निश्चित समयभित्र संविधान संशोधनमार्फत सीमाकंलनलगायतका विषयमा सहमति गर्ने र मधेसी मोर्चाले प्रधानमन्त्रीका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। योसँग दाहालको पक्षमा संघीय गठबन्धनले मतदान गर्ने छ।

उनका अनुसार केहिबेरमै संसद भवन नयाँ वानेश्वरमा नेताहरुबीच भएको समझदारी पत्र हस्ताक्षर सहित सार्वजनिक हुनेछ । यसअघि मंगलबार दिनभर भएको त्रिपक्षीय छलफलमा सहमतिको भाषामा नेताहरुबीच विवाद भएपछि मोर्चाले मतदान गर्ने या नगर्ने भन्नेमा अन्योलता छाएको थियो ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्