Logo
४ बैशाख २०८१, मंगलबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ बर्षीय नेपाली छोरी गौरिका सिंह रियो ओलम्पिकै सबभन्दा कान्छी खेलाडी

Gaurikaकाठमाडौँ । १३ बर्षीय नेपाली स्वीमर गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने सबभन्दा कान्छी खेलाडी भएकी छन्। भूकम्पबाट बाँचेकी उनी रियो ओलम्पिककै सबभन्दा कान्छी खेलाडी भएको उल्लेख गर्दै रियो ओलम्पिकको अफिसियल पोर्टल (www.rio2016.com) ले लेख प्रकाशित गरेको छ।

२६ नोभेम्बर, २००२ मा पाटन अस्पतालमा जन्मिएकी गौरिका विश्वव्यापी सहभागीता सहभागी हुनैपर्ने खेल अन्र्तगत् ३१ औं ओलम्पिकमा अवसर पाएकी हुन् ।

नेपालको नम्बर १ स्वीमरको रुपमा उनले १ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । यसको हिट्स ९प्रारम्भिक चरण० आइतबार हुनेछ । यस दिन उनी १३ बर्ष ३ सय ५५ दिनकी हुनेछिन् ।

यो स्पर्धामा १ मिनेट ७।३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा छ। ‘ओलम्पिकमा सहभागी हुने सपना बुनेको थिए। तर, सानो उमेरको भएकीले यो अवसर पाउँछु भन्ने मलाई लागेको थिएन।

एक महिनाअघि मैले ओलम्पिक खेल्न पाउने निश्चित हुदा अचम्म लागेको थियो,’ उनलाई उद्दृत गर्दै लेखिएको छ, ‘सबभन्दा सानो उमेरको खेलाडीको रुपमा सहभागी हुँदा रोमान्चित भएकी छु।

यो अझै अपत्यारिलो लागिरहेको छ।’ उनी बुबा पारससँगै मंगलबार लन्डनबाट रियो पुगेकी छन्। ‘उनी विशेष हुन् र यो ओलम्पिककै बसभन्दा कम उमेरकी खेलाडी भएकोमा विश्वास नै लागिरहेको छैन,’ बुबा पारसको भनाइ उल्लेख छ। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्